Listeners of the month







Radio Godhuli listeners of the month.

अमेरिकी र्‍याम्पमा नेपाली मोडल

                               अमेरिकी सेलिब्रेटीहरूलाई मन पर्ने फेसन डिजाइनरका रूपमा स्थापित प्रबल गुरुङलाई पछ्याउँदै एउटा नेपाली चेली अमेरिकाको मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छिन्। काठमाडौंकी वर्षा थापा अहिले अमेरिकामा व्यावसायिक मोडलको पहिचान बनाउने क्रममा छिन्। २३ वर्षअघि सन् १९८९ को डिसेम्बर १६ मा काठमाडौंमा जन्मिएकी वर्षा ५ फिट १० इन्च अग्ली छिन्। काठमाडौंमै छँदा केही अंग्रेजी म्यागजिनका आवरण पृष्ठका लागि मोडलिङ गरिसकेकी वर्ष वर्ष २०१२ देखि अमेरिकी मोडलिङमा सक्रिय भएकी हुन्। वर्षाले सन् २०१२ मा अमेरिकामा सम्पन्न स्पि्रङ/समर २०१२ शीर्षकको फेसन शोमार्फत अमेरिकी र्‍याम्पमा डेब्यु गरेकी हुन्। त्यसपछि उनले न्युयोर्कमा सम्पन्न न्युयोर्क फेसन विकमा समेत क्याटवाक गरिन्। उक्त फेसन विकमा वर्षाले नेपाली डिजाइनर प्रबल गुरुङका साथै प्याटि्रक इर्भेल, फिलिप लिम, सुनो आदि चर्चित डिजाइनरका पहिरन प्रदर्शन गरेकी थिइन्।

भारतमा होटल म्यानेजमेन्टको अध्ययन सिध्याएपछि अमेरिका पुगेकी वर्षाले काठमाडौंमा छँदा सुपर मोडलको उपाधि प्राप्त गरेकी थिइन्। विकिपिडियामा वर्षा थापालाई नेपाली फेसन मोडलका रूपमा चित्रण गरिएको छ। गाढा खैरो रंगको आँखा मात्र होइन, अग्लो कदका कारण वर्षा थुप्रै अन्तर्राष्ट्रिय डिजाइनरको नजरमा पर्न सफल भैसकेको बताइन्छ। उनको शारीरिक बनावट ३२-२४-३४ छ। वर्षाले आफ्नो ब्लगमा १९ वर्षको उमेरमा भारतबाट होटल म्यानेज्मेन्टको अध्ययन पूरा गरेको उल्लेख गरेकी छिन्। उनले लेखेकी छिन्— 'होटल म्यानेज्मेन्टको अध्ययन पूरा गरेपछि म न्युयोर्क आएँ। मैले होटल म्यानेज्मेन्टको अध्ययन त गरेँ तर मेरो उद्देश्य सफल मोडल बन्नु हो।' अमेरिकामा सञ्चालित मोडलहरूको डाटाबेस राख्ने वेबसाइट 'फेसनमोडलडिक्सनेरी डटकम' मा समेत वर्षाका आकर्षक तस्बिरसहितको प्रोफाइल समावेश छ। वेबसाइटले वर्षालाई मोडल नम्बर १३ हजार ८ सय ४ का रूपमा समावेश गरेको छ। उक्त वेबसाइटका अनुसार वर्षा न्युयोर्क, मायामी तथा लस एञ्जलस्थित विल्हेल्मिना मोडल्सले एजेन्सीमा आवद्ध छिन् ।

Nepali daily usage material






Daily usage material of Nepali People.

Atit ka samjhana