Talk Show

नेपालीको बारेमा फिल्म बनाउने अमेरिकन (प्रोमो)

Mulya bridi firta

मूल्यबृद्धि फिर्ता नगरे उडान ठप्प पार्ने
काठमाडौं (धर्तीआवाज) : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बद्धि गरेको विरोधमा देश व्यापी रुपमा आन्दोलन सुरु भएको छ । विभिन्न १४ विद्यार्थी संगठनहरुले बुधबार राजधानी लगायत देशका विभिन्न भागमा मूल्यबृद्धि फिर्ता लिन माग गर्दै प्रर्दशन गरेका थिए भने आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले मूल्यबृद्धि फिर्ता नभए पेट्रोल पम्फ ठप्प पार्ने लगायतका विरोधका कार्यक्रम घोषणा पनि गरेका छन् ।
यसैवीच बायू सेवा संञ्चालक संघले तीन बुँदे माग प्रस्तुत गर्दै सम्बन्धीत निकायले १५ दिनभित्र पुरा नगरे दशैको मुखमा हवाई सेवा अवरुद्ध गरेर आन्दानेलमा उत्रिने बताएको छ । संघले संघले बुधवार पत्रकार सम्मेलनमार्फत सरकारले अब्यवहारिक रुपमा हवाई ईन्धनको मुल्य बृद्धि गर्दा बायू सेवा सञ्चालक र त्यसका उपभोक्ता नागरिकहरु मारमा पर्ने गरेकोले  विरोधमा उत्रिएको जनाए ।
संघले डिजेल, मट्टीतेल र एलपी ग्यासमा अनुदान दिन हवाई ईन्धनमा अध्याधिक मुल्य बृद्धि गर्ने सरकारी नीति अब्यवहारिक भएको भन्दै त्यसको खारेजी, हवाई ईन्धनमा आयल निगमको एकाधिकारले गर्दा सेवा महंगो र सहज नभएकोले नीजि क्षेत्रकोलागि पनि सेवा खुल्ला गर्नु पर्ने र हवाई ईन्धन पाउन तीन साताको खपतबराबरको मुल्य एकै पटक जम्मा गर्ने प्रावधानको साटो बैंक ग्यारेन्टी स्विकार गर्नु पर्ने ब्यवस्थागर्न माग अघि सार्दै त्यस्तो चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मट्टिेल, ग्यास र डिजेलको घाटा हवाई ईन्धनबाट असुल्ने पञ्चायतकालिन क्रस सब्सिडीको ब्यवस्थाका कारण सर्वधारणकोलागि हवाई सेवा महंगो भएको भन्दै त्यसलाई तत्काल खारेजी गरी नीजि क्षेत्रले समेत ईन्धन वितरण गर्न पाउँने ब्यवस्था सहित सो ब्यवस्था खारेज गर्नु पर्ने बताए ।
उनले आयल निगमले २० प्रतिसत भन्दा बढी मुनाफा लिन नपाउने सरकारी ब्यवस्थालाई समेत चुनौति दिदै हवाई ईन्धनमा २५ प्रतिसत नाफा लिईरहेको भन्दै सरकारले आफूहरुले अघि सारेको माग पुरा गरे हवाई यातायात सस्तो हुने दावी समेत गरे ।
थापाले भने–पञ्चायत कालमा हवाई यातायातलाई धनिहरुको सवारी भनेर क्रस सब्सिडीको ब्यवस्था गरिएको थियो । तर अहिले यो रहर भन्दा पनि बाध्यता भएकोले सरकारले यस्तो आउटडेटेड ब्यवस्था तत्काल खारेज गर्नु पर्छ । आयल निगमको एकाधिकार अन्त्य गरे पनि ईन्धनको मुल्य सस्तो हुन्छ । यस तर्फ सरकारले ध्यान दिनु पर्छ ।
उनले आफूहरुले पर्यटन तथा नागरिक उड्ययन मन्त्रीलाई बुधवार नै माग पत्र बुझाएको जानकारी दिदै १५ दिन भित्र माग पुरा नभए बाध्यताबस दशैको मुखमा हवाई सेवा ढप्प पार्नु पर्ने बाध्यता औल्याए । थापाले भने– माग पुरा नभए दुई घण्टा, आधा दिन, पुरा दिन गर्दै क्रमस बन्द गर्दै जान्छौ ।
संघका महासचिव सुमन पाण्डेले हवाई ईन्धनमा बढाएर अन्यमा अनुदान दिदा वर्षेनी हवाई यात्रा गर्ने १५ लाख नेपाली नागरिक समस्यामा पर्ने गरेको र हवाई ईन्धनको महंगीले अन्तर्राष्ट्रिय सेवाको पनि मुल्य बृद्धि गर्नु पर्दा पर्यटकमा समेत नराम्रो असर पर्ने गरेको गुनासो गरे । उनले पनि तत्काल क्रस सब्सीडि खारेजी, बंैक ग्यारेन्टी स्विकानु पर्ने र ईन्धनको वितरण नीजि क्षेत्रकोलागि खुल्ला गरेर अहिलेको भन्दा हवाई ईन्धनको मुल्य कम हुने दावी गरे ।

Nepalma Dui karod pachas lakh ko cheparo

नेपालमा दुई करोड ५० लाखको छेपारो !

काठमाडौं : एड्स र क्यान्सर रोग निको हुने भन्दै दुई करोड ५० लाख रुपैयाँमा बेच्न लागेको दुर्लभ बन्यजन्तु छेपारो प्रजातिको ‘टोक्यो जेको’ सहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौं कपन बस्ने सोलुखुम्बु काकु–३ का २६ बर्षीय सानु लामा, शान्तिनगर बस्ने तनहुँ भानु–५ का ३० बर्षीय रामकृष्ण पन्त र जडीबुटी बस्ने रामेछाप जिल्ला चुचुरे–५ घर भएका ३१ बर्षीय टोप बहादुर श्रेष्ठलाई ठमेल ज्याठाबाट पक्राउ गरेको हो ।


फिलिपिन्समा पाइने दुर्लभ बन्यजन्तु टोक्यो जेको हेर्दा छेपारो जस्तै देखिन्छ । यसको लम्बाई १३ ईन्च हुन्छ । उनीहरुले भारतबाट टोक्यो जेको ल्याएको बयान प्रहरीलाई दिएका छन्।
नेपाल प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘प्रहरी टोलीले एड्स र क्यान्सर रोगको लागि प्रयोग हुने फिलिपिन्समा पाइने छेपारो जस्तो देखिने टोक्यो जेको नामक दुर्लभ बन्यजन्तु खरीद विक्री गर्न लागि रहेको अवस्थामा उनीहरुलाई फेला पारेको थियो ।’ यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रहरीले ग्राहक बनेर दुई करोड ५० लाखमा किन्ने भएपछि मात्र उनीहरुले टोक्यो जेको देखाएका थिए । टोक्यो जेकोबाट एड्स, क्यान्सर, दमजस्ता रोग निको हुने विश्वास गरिन्छ।